About Us
पश्चिम नेपालका थारु समुदायका छोरीहरु “कमलरी” का रुपमा अर्का (जमिनदार) को घरमा दासता पुर्ण जिवन बिताउन बाध्य भईरहेका थिए । बिभेदपुर्ण नेपाली समाजको परम्परागत संरचनाले पछाडि पारिएका, सिमान्तकृत र बहिष्करणमा परेका आदीबासी जनजाति थारु समुदायका छोरीहरु अर्का (जमिनदार) को घरमा कमलरी बस्नु पर्ने बाध्यता थियो ।
यस्तो परिवेशमा २०५७ साल साउन २ गते सरकारले कमैया मुक्तीको घोषणा गरे पनि कमैयाका छोरीहरु कमलरीबाट मुक्त भएनन् । दासीको जीवन जिउन बाध्य थिए । त्यही बेला कमलरीको बिषयमा, बालअधिकारका क्षेत्रमा क्रियाशिल संस्था नेपाल युथ फाउण्डेशन (नायफ) ले २०५६ माघदेखि कमलरी प्रथा बिरुद्धको अभियान दाङको तत्कालिन गोबरडिहा गाविस वडानं. ९ स्थित खैरा गाउँबाट “कमलरी मुक्ती अभियान” को थालनी गरियो र क्रमिक रुपमा कमलरीहरुको उद्धार गर्दै गयो ।
नेपाल यूथ फाउण्डेशन नेपालको पहलमा यसरी उद्धार गरिएका मुक्त कमलरीहरुको सक्रियता र सहभागितामा “जसको सवाल उसको अगुवाई” भन्ने मान्यता अनुसार उद्धार भएका “पुर्व कमलरीहरु” को अगुवाईमा २०६४ सालमा “कमलरी मुक्तिका लागि साझा मञ्च” गठन गरेर कमलरी मुक्तिको बाँकी अभियान सञ्चालन गरियो । साझा मञ्च एउटा “खुल्ला सञ्जाल” मात्रै भएकोले कमलरी मुक्ति सम्वन्धी कानुनी रुपमा अधिकारमुखी अभियानहरु÷कार्यक्रमहरु गर्न र प्राप्त सहयोगहरु पारदर्शी रुपमा परिचालनका लागि “कमलरी मुक्तिकालागि साझा मञ्च” मा आवद्ध तिनै “पुर्व कमलरीहरु÷मुक्त कमलरीहरु” को सक्रियतामा कमलरी÷मुक्त कमलरीहरुको उद्धार, शिक्षा, सशक्तिकरण, दिगो जिविकोपार्जन, आर्थिक, सामाजिक सवलीकरण र उचित पुनस्र्थापनाकालागि आफ्नो हकअधिकार सुनिश्चित गर्ने गराउने उद्धेश्यले मुक्त कमलरी बिकास मञ्च (Freed Kamalari Development Forum-FKDF) स्थापना गरियो । संस्था दर्ता पछि, नेपाल युथ फाउण्डेसन (नायफ), मुक्त कमलरी बिकास मञ्च लगायतका सामाजिक संघ संस्थाहरुको अगुवाईमा कमलरी मुक्ती अभियान एउटा सामाजिक आन्दोलनका रुपमा अघि बढ्यो र यसले कमलरी प्रथा बिरुद्धको आन्दोलनको रुप लियो । अन्ततः आन्दोलन गाउँ गाउँबाट जिल्ला हदै राजधानी सम्म पुग्यो र यसले सरकारलाई कमलरी प्रथाका बिषयमा संवेदनशिल बनायो । अन्तमा, नेपाल सरकार मन्त्रीपरिषद्ले २०७० असार १३ गते देशलाई नै कमलरीमुक्त घोषणा ग¥यो ।
सरकारले कमलरी मुक्तीको घोषणा गरे पछि सबै कमलरीहरु जमिन्दारको घरबाट एउटा नारकीय जीवनबाट मुक्त भए खुशी हुँदै आ–आफनो जन्मघर गए । गरिबीको कारणले जीवन निर्वाह गर्न पनि कठिनाई नै भयो । त्यसले दैनिक जीवन निर्वाहका लागि सहज बनाउन तथा सरकारसंगको लडाईलाई जारी राख्नको लागि, दासता बिरुद्ध मुक्ति अभियानलाई अझ सशक्त तरिकाबाट अगाडी वढाउने, घर परिवारको सामाजिक, आर्थिक, शैक्षिक, साँस्कृतिक तथा राजनीतिक स्तरमा सुधार ल्याउन, आफनो हकअधिकार प्रत्याभूतिको लागि वकालत गर्न, श्रोत साधनको पहिचान र परिचालनकालागि कमलरी प्रभावित कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ्ग जिल्लामा जिल्ला शाँखाहरु स्थापना गरेर झण्डै ७,००० मुक्त कमलरीहरु यस मुक्त कमलरी बिकास मञ्च आवद्ध भई सक्रियताका साथ संस्थाको उद्धेश्य प्राप्तिकालागि योजनावद्ध तरिकाले काम गरिरहेका छन् । ने यसै संस्थाको पहलमा ४२ वटा सहकारी गठन भई विभिन्न आय आर्जनको क्रियाकलाप सहकारी मार्फत संचालनमा रहेका छन ।