About Us
संस्थाका स्थानिय तह, जिल्ला, प्रदेश र केन्द्र÷संघ स्तरिय समितिका पदाधिकारीहरु, सहकारीका पदाधिकारीहरु र अन्य स्वयंसेवकहरुलाई संस्थागत बिकास, प्रस्तावना लेखन, जनवकालत र नेतृत्व बिकास लगायत बिभिन्न क्षमता अभिबृद्धिका तालिम र सीप प्रदान गरि संस्था र परियोजनाको उद्धेश्य प्राप्तीकालागि नियमित रुपमा योजनावद्ध तरिकाले परिचालन गरिनेछ ।
मुक्त कमलरीहरुको जीविकोपार्जन सुधारकालागि मुक्त कमलरीले स्थापना गरेका सहकारीमा आवद्ध गराउने, छोटो तथा मध्यम अवधीका आयआर्जन मुलक, सीपमुलक तालिममा सहभागि गराउने, प्राविधिक सीप, ज्ञान र परामर्श प्रदान गर्ने तथा सहकारी र घुम्ती कोषबाट ऋण लिई ब्यापार ब्यावशाय गर्न अभिप्रेरित गरी व्यवसाय तिर उन्मुख बनाई मुक्त कमलरीहरुको जीविकोपार्जनमा सुधार ल्याईनेछ ।
स्थानिय तह र प्रदेश सरकार संग मुक्त कमलरीलाई ब्यावहारिक रुपमा निशुल्क शिक्षा, ट्युसन र कोचिङ्ग कक्षाहरु पढ्न पुग्ने छात्रबृतिको ब्यवस्था गर्न र छात्रावासमा बसेर अध्ययन गर्ने अभिभावकबिहिन मुक्त कमलरीहरुलाई प्रदान गरी भरणपोषण÷छात्रबृति रकम कक्षा अनुसार बृद्धि एवंम मुक्त कमलरीहरुको पढाईको निरन्तरता र आवश्यक्ता अनुसार बिद्यालयमा÷छात्रावासमा भेटगरी शैक्षिक गुणस्तर सुधारकालागि प्रयत्न गरिनेछ ।
मुक्त कमलरीहरुले सञ्चालन गरेका सहकारीका सञ्चालक, ब्यवस्थापकहरुलाई सहकारी ब्यवस्थापन, लेखा प्रणाली तथा व्यवस्थापन, सहकारी योजना तर्जुमा, सहकारीको कारोवार सम्वन्धी सप्mट्वयर सम्वन्धी तालिम प्रदान गर्दै सहकारीको प्रशासनिक नियमावली, कर्मचारी नियमावली, बचत निति र ऋण परिचालन निति आदी निर्माणमा प्राबिधिक सहयोग गरीनेछ । अन्य बित्तिय संस्थाहरुसंग समन्वय र सहकार्य गरी सहकारीको संस्थागत बिकासमा टेवा पुरयाईने छ ।
मुक्त कमलरीहरुको उद्धार, पुनसर््थापना, शिक्षा, न्याय, सशक्तिकरण, जीविकोपार्जन लगायत आयआर्जनकालागि आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रमा सशक्त बनाउन युवा,महिला,तथा मुक्त कमलरीलाई नितिगत रुपमा सरकारी सेवा सुविधा, कार्यक्रम र बजेट संग निरन्तर जोड्नका लागि आवश्यक्ता अनुसार स्थानिय तह, जिल्ला, प्रादेशिक र केन्द्रिय तह सम्म निरन्तर योजनावद्ध रुपमा जनवकालत तथा लविङ्ग गरीनेछ ।
अधिकार सम्पन्न बनाउन, आर्थिक, सामाजिक, शैक्षिक, राजनैतिक र न्यायिक मागको सम्वोधन गराउन, उनिहरुले नेतृत्व गरेका संस्था र सहकारीहरुलाई थप सवल तथा सुदृढ गर्न युवा,महिला तथा मुक्त कमलरीहरुका साझा मागहरु सम्वोधन गराउन संस्थाले मुक्त कमलरीका सवालमा काम गरिरहेका विभिन्न संघसंस्थाहरु सित समन्वय र सहकार्य गरेर अगाढी बढ्ने रणनिति लिईनेछ ।