About Us
Objectives
मुक्त कमलरी बिकास मञ्चका उद्धेश्यहरुः
- आर्थिक रुपमा कमजोर महिलाहरुलाई आर्थिक एबं शैक्षिक रुपमा सबल र सक्षम बन्ने अबसर प्रदान गर्न सहजीकरण गर्ने ।
- कमलरी र असाहय बालबालिकाहरुलाई निशुल्क शिक्षाको ब्यबस्था गर्ने, कमलरीको पुनस्र्थापना गर्ने तथा उनिहरुको लागी अवास गृहको ब्यबस्था गर्ने ।
- कुरिती, कुसंस्कार, कु–प्रथा लगायत अन्य कारणले आधारभुत अधिकारबाट बन्चित भई अन्याय र शोषणमा परिरहेका कमलरी बालबालिकाहरु र महिलाहरुको हक अधिकार प्रप्तिकालागि वकालत तथा लविङ्ग गर्ने ।
- मुक्त कमलरीहरुको रोजगारीको लागि सीप विकास तालिमको संचालन गर्ने ।
- म्ुाक्त कमलरीहरु र मुक्त कमलरीहरुका अभिभाबकहरुलाई आर्थिक अवस्था सवलिकरणकालागि तथा आर्थिक अवस्थामा सुधार ल्याउनकालागि मुक्त कमलरीहरुको सहकारी संस्था स्थापना गर्न र उनिहरुलाई आबद्ध हुन प्रोत्साहन गर्ने ।
- घुम्ती कोष बाट मुक्त कमलरी र उनीहरुको अभिभाबकहरुको आर्थिक स्थिति सुधार गर्नका लागि धुम्तीकोष परिचालन गर्ने ।
- मुक्त कमलरीहरुको हक अधिकार, आर्थिक सवलिकरण र सामाजिक सशक्तिकरण तथा पुनस्र्थापनाकालागि बिभिन्न कार्यक्रम र अभियानहरु सञ्चालन गर्ने ।